दोलखा घर भएका विश्वका होचा कलाकार दिपेन शाहको आज निधन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरीकोट । दोलखा घर भएका विश्वका होचा कलाकार दिपेन शाहको आज निधन भएको छ । शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं। ७ मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।

Shares

Be the first to comment on "दोलखा घर भएका विश्वका होचा कलाकार दिपेन शाहको आज निधन"

Leave a comment

Your email address will not be published.


*