दोलखा प्रशासन विहान ७ बजेदेखि नै खुल्ला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, ४ भदौ
दोलखा जिल्लामा दैनिक कीर्तिमान हुने गरी नागरिकता वितरण भइरहेको छ । विहान झिसमिसेमै जिल्ला प्रशासन कार्यालयमा नागरिकहरु आइपुग्छन्, साँझ अबेरसम्म कार्यालयमा खुल्छ । यो जिल्ला प्रशासन कार्यालयको २ हप्ता यताको दैनिकी हो ।
नागरिकता लिनका लागि २ हप्तादेखि अत्याधिक भीड लागे तापनि १० दिनयता भने विहान ७ बजेदेखि साँझ अबेरसम्म कार्यालयको काम हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार सोमबार मात्र ५ सय बढी नागरिकता जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण भएको छ । यो कीर्तिमान नै हुने बताए ।
दोलखामा जिल्ला प्रशासन कार्यालय चरिकोट र इलाका प्रशासन कार्यालय सिंगटी नागरिकता वितरण हुँदै आएको छ । चरिकोटबाट मात्र २ हप्ता यता ३ हजार ५ सय बढी नागरिकता वितरण भएको छ । जिल्ला प्रशासनबाट दिनको ५ सयभन्दा एकै दिन नागरिकता वितरण भएको छ । नागरिकता लिनको इलाका प्रशासन कार्यालय सिंगटीमा पनि उत्तिकै भीड छ । सिंगटीबाट मात्र २ हप्तामा १ हजार बढी र १ सय ५० सम्म नागरिकता वितरण भएको छ ।
नागरिकता लिनका लागि भीड बढेपछि सोमबारै आवेदन दिने एक जनाले पनि नागरिकता लिन सकेनन् । “सोमबार दरखास्त बुझ्ने काम मात्र भयो” प्रजिअ पाठकले भने “आइतबारकै आवेदकहरुलाई नै सोमबार नागरिकता वितरण गरियो, सोमबारका दरखास्तवालाहरुलाई मंगलबार विहानबाट मात्र सनाखत सुरु हुन्छ ।” नागरिकता वितरण एक्कासी बढेपछि जिल्ला प्रशासन कार्यालयको काम विहानैदेखि सुचारु हुन्छ ।
अहिले सबै कर्मचारीलाई विहानदेखि खाना खाजाको व्यवस्था समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई अतिरिक्त काम गरे वापतको सेवा सुविधाको खर्चको व्यवस्था छैन । अतिरिक्त समयमा काम गरे वापतको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको प्रजिअ पाठकले बताए ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लावासीको लागि प्राथमिक सेयर संकलन सुरु गरेसँगै छोटो समयमै किर्तिमान राख्ने गरी दोलखा जिल्लाबाट नयाँ र प्रतिलिपि नागरिकता वितरण गरिएको पाइएको हो । आयोजनाको साउन १६ गतेदेखि सेयर संकलन सुरु गरे यता नागरिकताको माग ह्वात्तै बढेको हो ।
जन्मदर्ता अनुसार १६ बर्ष उमेर पुगेपछि नागरिकता प्रमाणपत्र पेश नगरे सेयर आवेदन स्वीकृत नहुने भएकोले पनि नागरिकता बनाउने र प्रतिलिपि लिनेको भिड बढेको प्रजिअ पाठकले जानकारी दिए । २ हप्ता यता नागरिकताका लागि दरखास्त दिनेहरु मध्ये गएको शुभबारमा एकै दिनमा सबैलाई नागरिकता वितरण गर्न सकेको जानकारी दिए । दोलखाबाट जारी भएको नागरिकता संभवत देशकै सबैभन्दा बढी भएको उनले बताए ।
सामान्य दिनमा १० वजेदेखि ५ बजेसम्म दैनिक एक सय नागरिकता वितरण हुन्थ्यो । अहिले त्यसको ५ गुणभन्दा बढी माग भएपछि जिल्ला प्रशासनमा चाप बढेको हो । भदौ १४ गतेसम्म माथिल्लो तामाकोसीको सेयर संकलन हुने हुँदै त्यसबेलासम्म नागरिकता लिनेको भीड हुने अनुमान भएको प्रजिअ पाठकल बताए ।

Shares

Be the first to comment on "दोलखा प्रशासन विहान ७ बजेदेखि नै खुल्ला"

Leave a comment

Your email address will not be published.


*