दोलखा बिद्युत हब बन्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा बिस्तारै बिद्यूतको निर्माणको हब बन्दै गएको छ । ४५६ मेघावटको स्वदेशी पुँजी निर्माण भइराखेको माथिल्लो आयोजनाले दोलखामा मात्र होइन देशमा पनि ठुला आयोजना स्वेदेशी पुँजीको परिचालनले पनि ठुला आयोजनाको निर्माण गर्न सकिदो रहेछ भनेर सन्देश दिएको छ । यस पुष्टी सो आयोजनाको ९० प्रतिशत काम हुनुले पनि हो । लामासाँगु जिरी सडक खण्डको स्तरोउन्तीको कारण समान ढुवानीको कारण केही अबरोध भए पनि बर्ष दिन भित्र राष्ट्रीय प्रशारण लाइनमा जोडने आयोजनाले बताउदै आएको छ । यस आयोजनाले दोलखामा बिद्युत हब बनाउन सहयोग पु¥याएको छ भन्न मिल्छ । हुन त तत्कालीन सफल उर्जा मन्त्री जर्ना शर्माले उर्जा अध्ययन गर्नको लागि बिदेश जान लागेको विज्ञ टोली माथिल्लो तामाकोशीको अध्ययन गर्न सुझाब दिएका थिए ।
अर्को बिद्युत बिकास फड्को भनेको ८७ मेघावटको तामाकोसी पाँचौमा अपर तामाकोसी नेपाल विद्युत प्राधिकरणले प्रारम्भिक अध्ययन गरी विस्तृत अध्ययन प्रतिवेदन तयारी भइरहेको आयोजना कम्पनी मोडेलमा निर्माण हुन लागेकोले हो । त्यो दोलखाली तथा देसबासीको लागिको लागि खुसी बिषय हो । आयोजनाको माथिल्लो तामाकोसीको टेलरेसमा लिंक जोड्ने संरचनाको काम जारी बताइएको छ । आयोजनाको प्रारम्भिक अध्ययन अनुसार ८७ मेगावाट क्षमताको बन्ने भएपनि अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने अनुमान छ ।
यही साता मात्र विवादमा परेको ६ सय ८७ तामाकोशी तेस्रो आयोजनाको विस्तृत अध्ययन को लागि सर्बोच्च अदालतले बाटो खुल्ला गरेको छ । यस आयोजनाको निर्माणमा सहयोग पु¥याउन आम दोलखाली साथै आम जनता लाग्नु जरुरी रहेको छ । त्यसैगरी अरु साना आयोजना पनि दोलखा हाल निर्माणमा रहेका छन् ।
देश बिकासको नयाँ आयाममा बिद्यूत बिकास सँगै दोलखा बिद्युतीय पर्यटन बिकास गर्न सहयोग पुग्ने छ । संसारको बिद्युतीय बिकासको अध्ययनको केन्द्र बन्न सक्छ । दोलखाको मात्र नभएर देशको बिकासमा सहयोग पुग्ने छ । यदाकदा हाम्रो देशमा विभिन्न बाहनामा बिद्यूतको निर्माणमा अबरोध हुने गरेको छ । अब आम जनता चाहना बमोजिम त्यस्ता अबरोधलाई सामना गर्न जनता तयार हुनु पर्दछ । त्यस मात्र देश बिकासमा टेवा पुग्छ ।

Shares

Be the first to comment on "दोलखा बिद्युत हब बन्दै"

Leave a comment

Your email address will not be published.


*