दोलखा र रामेछापका सहित ३६ जलविद्युत आयोजनासँग प्रगति माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, २३ भदौ
विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र लिएर आयोजनाको प्रगति विवरण नबुझाउने ३६ जलविद्युत कम्पनीलाई पत्र काटेको छ । २०७२ साउन ३० गतेअघि उत्पादन अनुमतिपत्र लिएर अहिलेसम्म भएको भौतिक प्रगतिको विवरण नबुझाउने कम्पनीलाई विभागले पत्र पठाएको हो । अनुमतिपत्र लिई आयोजनाको भौतिक प्रगति २० प्रतिशत पुर्याउन नसकेका आयोजनाको विवरण १५ दिनभित्र बुझाउन ताकेता गरिएको विभागका महानिर्देशक नविनराज सिंहले बताए ।
उनका अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्ष्भित्र निर्माण सुरु गर्नुपर्ने विद्युत नियमावली २०५० को नियम २१ मा उल्लेखित प्रावधानको पालना नगर्ने आयोजनाको प्रगति विवरण पेश गर्न ताकेता गरिएको छ । निर्माण सुरु भई हरेक ६ महिनामा प्रगति विवरण बुझाउन अटेर गर्ने कम्पनीलाई पनि पत्र काटिएको छ ।
पत्राचार गरिएका आयोजनाको प्रगति न्युन हुनुको कारण खुल्ने विवरण पेश गर्न भनिएको विभागले जनाएको छ । विभागको पत्र पाउने आयोजनामा दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका आयोजना सबैभन्दा धेरै रहेका छन् । ४० मेगावाटको राहुघाट, ५२.४ मेगावाटको लिखु–४, ३७.६ मेगावाटको काबेली ‘ए’,३० मेगावाटको खानीखोला, ८६ मेगावाटको सोलु दूधकोसी र ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना छन् । ४९.६ मेगावाटको सुपर दोर्दी खोला, ४२ मेगावाटको माथिल्लो मोदी, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’, ७ मेगावाटको सुरी खोला, २४.१ मेगावाटको खारेखोला, २५ मेगावाटको दरबाङ म्याग्दी खोला १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजना पनि छ । यी सबै आयोजनाको भौतिक प्रगित २० प्रतिशतभन्दा कम छ ।

Shares

Be the first to comment on "दोलखा र रामेछापका सहित ३६ जलविद्युत आयोजनासँग प्रगति माग"

Leave a comment

Your email address will not be published.


*