दोस्रो पटक मन्त्रिपरिषद विस्तार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् । थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् ।

यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश : वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Shares

Be the first to comment on "दोस्रो पटक मन्त्रिपरिषद विस्तार"

Leave a comment

Your email address will not be published.


*