नवनियुक्त प्रधानन्यायाधीश मिश्रले के भने ?

gjlgo'Qm k|wfgGofofwLz cf]dk|sfz ld> ;f]daf/ ;jf]{Rr cbfntdf kbef/ u|x0fkl5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं, २५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहणपछि पदभार ग्रहण गरेलगत्तै उनले न्यायलयलाई स्वच्छ राख्ने बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन पनि आफूले पहल गर्ने बताए । नवनियुक्त प्रधानन्यायाधीश मिश्रले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने पनि बतए । उनले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधीशहरुको दक्षता वृद्धिको कामलाई पनि अघि बढाउने योजना आफ्नो रहेको बताए ।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गरेपछि दोस्रो वरियतामा रहेका उनलाई प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो । मिश्र पुस १७ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीश बन्ने छन् । त्यसपछि उनी उमेरहदका कारण सेवा निवृत्त हुनेछन् ।

Shares

Be the first to comment on "नवनियुक्त प्रधानन्यायाधीश मिश्रले के भने ?"

Leave a comment

Your email address will not be published.


*