नारायणकाजीले दिए पदबाट राजीनामा, फकाउने जिम्मा माधव नेपाललाई

g]tf >]i7 kqsf/ ;Dd]ngdf af]Nb} uf]/vfdf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} uf]/vf–@ sf pDd]bjf/ tyf dfcf]jfbL s]Gb|sf g]tf gf/fo0fsfhL >]i7 . ;fydf uf]/vfdf afd u7aGwgaf6 pDd]bjf/ ag]sf g]tfx? . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

ताजा समाचारको लागि फलो गर्नुहोस ।

साउन १६, २०७५

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

श्रेष्ठले भने, अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएका छन् । आजको नयाँ पत्रिकाकोको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

यसैबीच  राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन्  । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।

Shares

Be the first to comment on "नारायणकाजीले दिए पदबाट राजीनामा, फकाउने जिम्मा माधव नेपाललाई"

Leave a comment

Your email address will not be published.


*