निजि विद्यालयलाई टक्कर दिदै भीम मावि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–देशमा अहिले विद्यार्थीहरुको सामुदायिक विद्यालयको आकर्षण भन्दा निजिमा स्कुलमा हुने गरेको छ । वर्षेनी आमा बुवा आफनो घर छेउको सामुदायिक विद्यालयको विश्वास नलागेर शहरतिर महँगो शूल्क तिरेर छोरा छोरीको शिक्षा दिनको लागी शहरमा निजी स्कुलमा भर्ना गर्ने दर बढदो छ । यो रहरले होइन अभिवाक बाध्यता धाउन विबस रहेका छन ।
सवै अभिभावकको चाहाना आफनो सन्तानलाई गुणस्तुयुक्त शिक्षा दिने हुने हुन्छ । त्यसलाई पुरा आफनो सवै सामथ्र्य प्रयोग गर्ने छन । महँगो शुल्क तिरेर निजी स्कुलमा आफ्ना छोराछारीलाई पढाउन बाध्य छन । सरकारी लगानी रहेको सामुदायिक विद्यालय बर्षेनी गुणस्तर खस्कीनाले त्यसको फाइदा निजि स्कुलले लिने गरेका छन ।
दोलखामा औलामा गन्ने सक्ने गरी सामुदायिक विद्यालय निजी स्कुलललाई टक्कर दिएका छन । त्यही गुणस्तरकायम गर्न सफल भयो यो बर्ष सार्वजनिक भएको एसिइको नतिजाले भिमेश्वर नगरपालिकमा २ स्थीत भीम माविले । विगतको नतिजा प्रणाली सँग दाज्ने हो भने सवै विद्यार्थी पहिलो श्रेणीमा अर्थात अहिलेको ग्रेडिङ प्रणाली वि कम भन्दा माथी नम्वर ल्याएर सवै विद्यार्थी उर्तिण गराएको छ । यो बर्ष नतिजामा उत्कृष्ट ए पल्स सम्मको नतिजा ल्याउन सफल भएको छ । यो सवै शिक्षकको मेहेनेत यो गुणस्तर कायम भएको प्रधानध्यापक सुन्दर खडकाले वताए । यो विद्यालयले ७ कक्षा सम्म अङगे्रजी माध्यमबाट पढाउने गरेको छ । सवै पाठ्यक्रम निजी स्कुल जस्तै अङगे्रजी माध्यमबाट लागु गरेको छ । सवै शिक्षकको एकताले गुणस्तर कायम गर्न सफल भएको प्रधानध्याक सुन्दर खडकाले बताए । “गरौ भन्ने हो भने, निजि स्कुलसँग सामुदायिक विद्यालय पनि नतिजा दिन सक्छ ” भन्ने बिश्वास व्यक्त गर्दछन ” प्र.अ सुन्दर खडका ।
हाल सो विद्यालयमा ५ सय विद्यार्थी छन । अहिले विद्यालयमा अध्ययनको लागि सो सदरमुकामबाट विद्यार्थी जाने गरेको खडकाले वताए । आफुलाई श्रोत साधन तथा अहिले भएका जनशक्ति जस्तै हुने हो भने दोलखाका जुन विद्यालयको जिम्मेवारी दिने हो भने निजि स्कुल सँग प्रतिस्पर्धा गर्ने स्कुलको निर्माण गरेर देखाईदिने उनले दावि गरे । उनले सवै शिक्षकले मन देखि नै सुधार गर्न तन मन लगाउने हो भने सरकारी विद्यालय गुणस्तर कायम हुने वताए ।

Shares

Be the first to comment on "निजि विद्यालयलाई टक्कर दिदै भीम मावि"

Leave a comment

Your email address will not be published.


*