नियमित विद्युत आपुर्तीको माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–उद्योग वाणिज्य संघ दोलखाले नियमित विद्युल आपुर्तिको माग गर्दै नेपाल विद्युत प्राधिकरण दोलखालाई ध्यान आकर्षण गराएको छ ।
नेपाल विद्युत प्राधिकरणले देशका हरेक जिल्लामा लोड सेडिङ्ग निर्धारण गरेका विगतका दिनहरुमा पनि नियमित विद्युत आपुर्ति हुदै आएकोमा दोलखा जिल्लालाई विद्युतको राजधानी समेत भनिदै आएकोमा राष्ट्र नै लोड सेडिङ्ग मुक्त घोषणा गरेको अवस्थामा भने केहि दिन यता विद्युत आपुर्तिको समस्याले दोलखावासी उद्योगी व्यवसायीहरु लगायत सरकारी तथा गैर सरकारी संघ संस्था तथा कार्यालयका कामकाजहरु ठप्प भएको उद्योग वाण्ज्यि संघ दोलखाका अध्यक्ष सुन्दर कार्की बताए ।
जिल्लाका बिभिन्न ग्रामिण भेग बाट आएका सेवाग्राहीहरुलाई समेत विद्युत आपूर्तिका कारण सम्बन्धित कार्यालय तथा निकायहरुले समयमै सेवा प्रदान नगर्दा सेवाग्राही समेत मारमा परेको ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पटक पटक आउने जाने गरेको विद्युत आपूर्तिले कतिपय कार्यालय, व्यवसाय तथा निजी आवसहरुमा जडान गरिएका कम्प्यूटर, टिभी तथा इन्टरनेट सम्बन्धि सामाग्रीहरु विग्रन गई क्षेति पुगेको अध्यक्ष कार्की बताए ।
स्वदेशी लगानीमा जिल्लामा निर्माण सम्पन्नको चरणमा रहेको राष्ट्रिय गौरवको विद्युतिय आयोजना माथिल्लो तामाकोशीको शेयर संकलनको वर्तमान परिवेशमा ग्रामिण भेगबाट शेयर आवेदन गर्न सदरमुकाम चरिकोट आएका तमाम जिल्लाबासीहरु समेत विद्युत आपूर्तिका कारण समस्यामा परेका उनले बताए ।
पछिल्लो समयमा देखापरेको विद्युतिय समस्याका कारण जिल्लाको पर्यटकिय क्षेत्र होटल व्यवसायहरुमा समेत ठूलो समस्या देखा परेको पत्रमा उल्लेख गरिएको छ । दोलखा सदरमुकाम चरिकोट लगाएतका ठाँउमा पटक पटक विद्युत अवरुद्ध हुने समस्या लिएर नेपाल विद्युत प्राधिरण दोलखा पुगेका उद्योगी व्यवसायीहरुलाई कार्यालय प्रमुखले उत्पादीत विद्युत निर्यातको लागि बाटो नभएकोले समस्या आएको जवाफ दिएका छन् ।
दोलखा जिल्लामा सञ्चालनमा रहेको बिभिन्न हाईड्रो पावरहरुबाट उत्पादीत विद्युत बर्षाको समयमा जिल्लामामात्र खपत नहुने र अन्यत्र निर्यात गर्न आवश्यक क्षमताको प्रसारणलाईन (बाटो) नभएकोले पटक पटक ट्रिप (विद्युत अवरुद्ध) हुने समस्या रहेको नेपाल विद्युत प्राधिकरण दोलखाका प्रमुख अमृतबाबु अधिकारीले वताए । निजी क्षेत्रको जलविद्युत वर्षाको समयमा उत्पादन हुँदा प्राधिकरण समस्या रहेको पनि प्रमुख अधिकारीले बताए । सिगंटीको प्रसारण लाइन निर्माण ढिलो भएको कारण प्राधिकरण समस्या रहेको प्रमुख अधिकारीले जानकारी दिए ।

Shares

Be the first to comment on "नियमित विद्युत आपुर्तीको माग"

Leave a comment

Your email address will not be published.


*