निर्माण व्यवसायीको वैतेश्वर समिति गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, २५ भदौ
निर्माण व्यवसायी संघको वैतेश्वर गाउँपालिका स्तरीय समिति गठन गरेको छ । सोमबार नाम्दूमा भएको बैतेश्वर गाउँपालिका भित्रका निर्माण व्यवसायीहरुको भेलाले कुमार तमाङको नेतृत्वमा गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।
दोलखा निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सम्सेर घिसिङ, प्रतिनिधि कृष्णबहादुर दाहालको उपस्थितिमा भेला भएको थियो । तदर्थ समितिको सचिवमा किशोर कुमार तमाङ, कोषाध्यक्ष नारायण लामा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनिलकुमार तमाङ, लोकबहादुर दाहाल, राजु रिमाल र सीता बंजन रहेका छन् ।
निर्माण व्यवसायी वैतेश्वर संघको कार्यालय व्यवस्थापन समेत नाम्दूमा गर्ने निर्णय गरेको छ । कार्यालय व्यवस्थापनका लागि सहयोग समेत संकलन भएको दोलखा निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सम्सेर घिसिङले जानकारी दिए ।
दोलखा निर्माण व्यवसायी संघको निर्वाचन समेत नजिकीदै छ । चुनाव नजिकीएसँगै दोलखाका निर्माण व्यवसायीहरुमा चुनावी माहोल समेत बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै निर्माण व्यवसायी संघले समेत स्थानीय तहस्तरको संरचना बनाउन लागेको हो ।
स्थानीय तहको संरचना बनाउने कार्यक्रम अनुसार कालिञ्चोक गाउँपालिकाको संयोजकमा मोहन पाख्रिन, शैलुङ गाउँपालिकाको संयोजकमा निलाकुमार श्रेष्ठ र तामाकोसी गाउँपालिकाको संयोजकमा सिताराम उप्रेती चयन भएका छन् । भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका भित्रको संरचना भने बन्न बाँकी छ ।
दोलखा निर्माण व्यवसायी संघको चुनाव सरगर्मी बढेसँगै अध्यक्षका आकाक्षीहरु समेत देखिन थालेका छन् । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सम्सेर घिसिङ, राजेश श्रेष्ठ, राजेश थापा, देवकृष्ण थापा तथा कृष्ण पाख्रिन अध्यक्षको दौडमा लागेका छन् ।

Shares

Be the first to comment on "निर्माण व्यवसायीको वैतेश्वर समिति गठन"

Leave a comment

Your email address will not be published.


*