नेकपाको केन्द्रीय कमिटीमा –पोखरेल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखा नेता एमंव पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल नेकपाको केन्द्रिय सदस्य भएका छन । २४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेतर्फबाट मनोनित केन्द्रीय सदस्यको नाम शनिबार मध्यरातमा प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले टुंगो लगाएका लिष्टमा उनी परेका हुन । दोलखा एमाले चर्चित नेता रुपमा छवि बनाएका पोखरेल तत्कालीन एमाले दोलखा जिल्ला सचिब भएका थिए भने केन्द्रमा भने उनको प्रतिनिधित्व पहिलो पटक हो । पोखरेल एमालेभित्र प्रभावशाली नेता मानिन्छन । दोलखामा प्रखर बक्ताको रुपमा चिनिने नेता प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपालको संस्थापक केन्द्रिय प्रचार सचिव भएका थिए । पूर्व पर्यटन मन्त्री पोखरेल एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको केन्द्रिय सदस्य भएका हुन।

Shares

Be the first to comment on "नेकपाको केन्द्रीय कमिटीमा –पोखरेल"

Leave a comment

Your email address will not be published.


*