नेकपा दोलखाको अध्यक्षमा दाहाल र सचिवमा बुढाथोकी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको अध्यक्षमा नेता भिमप्रसाद दाहाल वन्ने पक्का भएको छ । कार्यदलका नेताले दहालको मात्र नाम अध्यक्ष सिफारिस गरेसँगै उनी अध्यक्ष बन्ने पक्का भएका हुन । दोलखाको अध्यक्ष पद पुर्व एमालेको भागमा परेको थियो । सोही अनुसार जिल्ला अध्यक्षका लागि ६ जना दावेदारी प्रस्तुत गरेका हुन

। एकताका लागि गठित कार्य दलले नेता भिमप्रसाद दहाललाई अध्यक्ष पदका लागि शिफारिस गर्ने निर्णय गरेको हो । नेकपाको जिल्ला अध्यक्षमा भिमप्रसाद दाहाल, प्रोणप्रताप केसी, बसन्तराज कार्की, गोपाल न्यौपाने र भुवनसिँह थापा अध्यक्षको दावेदार थिए । दहाल दोलखाको बैतेस्वर गाउँपालिका ४ काब्रे निवासी नेता हुन् । काठमाण्डौंमा कलेज पढ्दा देखि अखिलको राजनीतिमा होमिएका नेता दाहाल सरल तर कडा स्वभावका हुन् । उनी बिद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका थिए । दाहाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माले दोलखाको सदस्यता प्राप्त गर्ने ६ जना सदस्य मध्ये एक पर्दछन् । नेकपा मालेले तत्कालिन समयमा भूमिगत राजनीति गर्ने बेला दाहाल छैंठौं नम्बरको सदस्य बनेका थिए । नेता जितविर लामा, पशुपति चौंलागाई, ईन्द्रवहादुर खड्का, लालकुकार केसी र शिवप्रसाद भण्डारी पछि दाहाल पार्टीको ६ नम्बरको सदस्य बनेका थिए ।

पार्टी एकिकृत हुनु पूर्व एकिकृत नेकपा माओवादीको जिल्ला सह सँयोजकको जिम्मेवारीमा रहेका नेता कुलवहादुर बुढाथोेकी एकिकृत पार्टीको जिल्ला सचिव हुने करिव निश्चित भएको छ । पूर्व माओवादी नेताहरु वीचको छलफलवाट नेकपा दोलखाको अध्यक्ष भिमप्रसाद दाहाल हुने करिव निश्चित भएपछि सचिवमा कुलवहादुर बुढाथोकीको नाम पहिलो नम्बरमा प्रस्ताव भएको हो

Shares

Be the first to comment on "नेकपा दोलखाको अध्यक्षमा दाहाल र सचिवमा बुढाथोकी"

Leave a comment

Your email address will not be published.


*