नेपाल लाइफले घरमै पुगेर ग¥यो बीमा भुक्तानी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
सिंगटी, ६ असोज
नेपाल लाइफ इन्सुरेन्स कम्पनीले घरमै पुगेर बीमा रकम भुक्तानी गरेको छ । नेपाल लाइफ इन्सुरेन्स चरिकोट उपशाखा कार्यालयले विगू गाउँपालिका वडा नं. ४ का निरु आचार्यलाई आफ्नै घरमै पुगेर बीमा बापतको दाबी रकम भुक्तानी गरेको हो ।
विगू गाउँपालिका वडा न. ४ लादुकका जगनाथ आचार्यले गरेको बीमा बापतको रकम भुक्तानी गरेको हो । “जगनाथ आचार्यले ५ वर्ष अघि १ लाख ५२ हजारको बीमा गर्नु भएको थियो” नेपाल लाइफ इन्सुरेन्स चरिकोटका उपशाखा प्रमुख सहदेव अधिकारीले भने “वहाँको दुर्घटनामा परी मृत्यु भयो, त्यसैले उहाँकी श्रीमतीलाई घरमै पुगेर ३ लाख ७२ हजार भुक्तानी गरेका हौं ।”
बीमा बापत ५ वर्षमा आचार्यले ८४ हजार बीमा कम्पनीलाई तिरेपछि सम्झौता अनुसार कम्पनीले निजलाई सो रकम घरमै पुगेर वितरण गरेको उनले बताए । “जीवन रहँदा आफूलाई नरहँदा परिवारलाई” भन्ने नारा अनुसार बीमितको जीवन नरहे पनि कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरेको उनले बताए ।
बीमा रकम दाबी भुक्तानी कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष सुन्दर श्रेष्ठ, नागरिक समाज सिंगटीका संयोजक कृष्णबहादुर उप्रेतीले संयुक्त रुपमा आचार्यकी श्रीमती निरुलाई हस्तान्तरण गरे । “बीमाले पैसा मात्र लिन्छ, ठगी गर्छ भन्ने मात्र सुुनेका थियौं तर घरमै आएर पैसा पो दिंदो रहेछ” विगू गाउँपालिका वडा नं. ४ सिंगटीका दिलकृष्ण मल्लले भने । सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउँनु पर्ने उनले बताए ।
नेपाल लाइफले सिंगटीमा आफ्नो सम्पर्क कार्यालय समेत बिहीबार नै खोलेको छ । अब सिंगटीबाटै बीमा गर्न, भुक्तानी लिन र बिमीतलाई ऋण लिनका लागि सहयोग पुग्ने उपशाखा प्रमुख अधिकारीले बताए ।
नेपाल लाइफ दोलखामा सबैभन्दा बढी बीमा व्यवसायी गर्ने कम्पनी हो । आर्थिक वर्ष २०७४÷७५ मा ४४२ पोलिसीबाट जम्मा १ करोड ८८ लाख १७ हजार ६ सय ७१ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा एक करोड बढी भएको अधिकारीले बताए । नयाँ पोलिसी १०५ वटाको प्रिमियम ७९ लाख रहेको छ ।

Shares

Be the first to comment on "नेपाल लाइफले घरमै पुगेर ग¥यो बीमा भुक्तानी"

Leave a comment

Your email address will not be published.


*