‘नेयमारको सिमा मलाई थाहा छैन’– प्रशिक्षक टिटे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मस्को (एजेन्सी)– तीन महिना अघि ब्राजिलियन सुपर स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा घाइते भएका थियो । उनको चोटले ब्राजिलको विश्व कपमा असर पर्ने सक्ने डरले ब्राजिलियन समर्थक चिन्तित थिए ।

 

तर, विश्व कपको ठिक अगाडि नेयमार पूर्णरुपमा फिट भएको आभास मिल्न थालेको छ । अघिल्लो मैत्रीपूर्ण खेलमार्फत तीन महिना भन्दा लामो समयपछि मैदान फर्कदा नेयमारले पुरानै झल्को दिएपछि समर्थक खुसी हुनु स्वभाविक भयो ।

तीन दिनपछि सुरु हुने विश्व कपको अन्तिम तयारीमा रहेको ब्राजिल गए राती अस्ट्रिया विरुद्धको मैत्रीपूर्ण खेल ३–० ले जित्दा दोस्रो गोल नेयमारले गरेका थिए । त्यो गोल ब्राजिलका लागि नेयमारको ५५ औं गोल थियो ।

उनले देशका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी रोमारियोसँग बराबरी गरेका छन् । ब्राजिलका लागि सर्वाधिक गोल पेलेले ७७ र दोस्रो स्थानमा रहेका रोनाल्डोले ६२ गोल गरेका छन् ।

नेयमारको प्रदर्शनबाट प्रशिक्षक टिटे निकै खुसी देखिएका छन् । उनले नेयमारको सिमाका बारेमा आफै अनविज्ञ रहेको बताएका छन् । ‘नेयमारको सिमा के हो मलाई थाहा छैन,’ उनले भने,‘ उनी प्राविधक रुपमा र खेलमा प्रभाव जमाउने खेलाडी हुन् ।’

नेयमार बिहिबार स्विट्जरल्यान्डविरुद्ध हुने विश्वकपको पहिलो खेलमा टोलीमा रहने पनि टिटेले पक्का गरेका छन् । ‘केन्द्रिकृत र प्रतिस्पर्धात्मक खेल हाम्रो लक्ष्य हो,’ प्रशिक्षक टिटेले भने,‘ अस्ट्रियाविरुद्धको खेल अर्को एउटा उदाहरण हो , मानसिक रुपमा पनि हामी परिपक्क हुँदै गएका छौं । फिजिकल्ली कन्ट्याक खेल भएकाले यो साच्चै कठिन खेल थियो । तर पनि हामीले राम्रो ग¥यौं ।’

Shares

Be the first to comment on "‘नेयमारको सिमा मलाई थाहा छैन’– प्रशिक्षक टिटे"

Leave a comment

Your email address will not be published.


*