पढाइ खर्चका लागि सहयोगको याचाना , आर्चायद्धारा शैक्षिक सामाग्री र विद्यालय पोसाक सहयोग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– वैत्यश्वर गाउँपालिका १ गैरीमुदीका २ बालबालिका पढ्नका लागि सहयोगको याचना गर्दै छन् । आमाले सानैमा छाडेर अर्कैसँग गइन् तर बाबु अशक्त छन् । विहान बुलुकी छाक टार्न धौ धौ भएकालाई पढाइ खर्चका लागि गाँउपालिका( १ गैरीमुदीका राम बहादुर श्रेष्ठ र उनकी बहिनी रिता श्रेष्ठले यस्तो याचाना गरेका हुन् ।
उनीहरु दुबै जना यसै शैक्षिक वर्षदेखि बैतेश्वर ६ बुस्ती आधारभुत विद्यालको कक्षा ५ र ३ मा अध्ययनका लागि भर्ना भए । सरकारले निशुल्क शिक्षाका नाममा विद्यालयले कुनै पनि शुल्क नलिए तापनि उनीहरु कापी कलम, विद्यालय पोशाक सहितका खर्चकै लागि मुस्किल छ । बुबा शिव बहादुर श्रेष्ठको प्यारालाइसिस भएपछि आमाले छाडेर अर्कोसँग विवाह गरेको उनीहरूले सुनाए ।
अहिले उनीहरुको जिम्मा बुबाको स्याहारसुसार गर्नु पर्ने एक तिर छ भने अर्को तिर स्कुल जानका लागि कापी, कलम, स्कुल पोशाक किन्ने पैसाको समस्या छन् । उनीहरुका माइलो दाई सितराम श्रेष्ठले कक्षा ७ मा पढ्दापढ्दै विचमा नै छाडेर अहिले गाउँमै मजदुरी गर्दै आएका छन् । तर आफूले बढ्न नपाए तापनि भाइबहिनीलाई राम्रै पढाउन पाए हुन्थ्यो भन्ने चाहना उनको छ ।
भाइबहिनीको पढाइसँगै र बुबाको पालपोषण गरिरहेका बुस्ती आधारभुत विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद घिमिरेले बताए । प्रधानाध्यापक घिमिरेका अनुसार ७ कक्षामा पढाई छोडेका सितराम सवै भन्दा राम्रो पढ्ने विद्यार्थी थिए । तर आर्थिक अभाव भएका कारण नै उनले विद्यालय छाडेका हुन् । उनलाई पढ्नका लागि कसैले सहयोग गरेमा मात्रै पनि विद्यालय ल्याउन सकिने स्कुल स्रोतले वताएको छ ।
उनीहरुलाई विद्यालय जानका लागि केहि दिनअघि राम र रितालाई पढ्नका लागि सामाजिक कार्यकर्ता धु्रव आर्चायले शैक्षिक साम्रगी र विद्यालय पोसाक सहयोग गरे । उनले यि बालकालिकाको अभिभावकत्व ग्रहण गरेका छन । पढाइ खर्च टार्ने उनले बाचा गरे तापनि उनको लालन पालनमा अझै समस्या भएको प्रअ घिमिरेले बताए ।

Shares

Be the first to comment on "पढाइ खर्चका लागि सहयोगको याचाना , आर्चायद्धारा शैक्षिक सामाग्री र विद्यालय पोसाक सहयोग"

Leave a comment

Your email address will not be published.


*