पहिला डा. गोविन्द केसीको उपचार, त्यसपछि वार्ता : सरकार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं– सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई सकेसक्क काठमाडौमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको छ, जुम्लामा सीसीयु समेत नभएकाले हामीले डा. केसीलाई काठमाडौ ल्याउन मन्त्रालयको टोली हेलिकोप्टरसहित जुम्ला पठाएका छौ । सकभर काठमाडौमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी छ उपचारपछि वार्ता र छलफल गर्ने कुरा छदैछ’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले जानकारी दिए ।

डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला गएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यस्तै उनले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उहाँका मागहरु हुँबहू पुरा गर्न पनि नसकिने स्पष्ट पारे । उता डा केसी लिन गएको टोलीलाई केसी पक्षधरले अनसनस्थलमा पस्न नै नदिएको बताइएको छ ।

रातोपाटी

Shares

Be the first to comment on "पहिला डा. गोविन्द केसीको उपचार, त्यसपछि वार्ता : सरकार"

Leave a comment

Your email address will not be published.


*