प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– ‘सेभेन ए साइड प्रथम भीमेश्वर मेयर कप’ पुरुष फुटबल प्रतियोगिता मंगलबार देखि चरिकोटमा सुरु भएको छ । भीमेश्वर नगरपालिकाको मुख्य आयोजना र जिल्ला फुटबल संघ दोलखाको प्रविधिक सहयोगमा सो प्रतियोगिता भएको हो ।


उद्घघाटन पहिलो खेलमा अर्का सहआयोजक ग्रिन नेपालले द राईजिङ स्टार स्कुल चरिकोटलाई २ – ० ले हराउदै जित हासिल गरेको छ ।
त्यसैगरी दोस्रो खेलमा सिङलमु युनाइटेड जिरीले कामावी चरिकोटलाई ६–० ले पछि पार्दै जित हासिल गरेको छ ।
त्यसैगरी तेस्रो खेलमा माउन्ट भेलि एकेडेमी चरिकोटले द स्याभेज चरिकोटलाई ३–० ले हराउदै जित हासिल गरेको छ । अन्तिम खेलमा न्यु जेनेरेजन बोचले दोलखा युनाइटेड चरिकोटलाई २–० ले हराएको छ । प्रतियोगितामा १८ वटा टिमले सहभागीता जनाएका छन ।

Shares

Be the first to comment on "प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*