प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई राखेर यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन, कानुन निर्माणलगायत काम गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका हुन् ।

असार २५ भित्र सबै काम गरिसक्ने गरी काम अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको खतिवडाले जानकारी दिए । प्रधानमन्त्रीले असार १५ भित्र सबै मन्त्रालयका सचिवलाई पनि आफ्नो मन्त्रालयको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

बजेट अहिले संसदमा छलफलको क्रममा छ भने नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

Shares

Be the first to comment on "प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन"

Leave a comment

Your email address will not be published.


*