फिल्म सिटी सार्ने अभिव्यक्ति विरुद्ध दोलखा चेम्बरको ध्यानाकार्षण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – दोलखाको डाङ्डुङेमा प्रस्तावित फिल्म सिटी अन्यत्र लैजाने प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध दोलखा चेम्बर अफ कमर्सले ध्यानाकार्षण भएको जनाएको छ । दोलखा चेम्बर अफ कमर्सले शनिबार एक विज्ञप्ती जारी गरी पूर्वाधार विकास भई रहेको फिल्म सिटी नसार्न माग गरेको छ ।
दोलखा चेम्बर अध्यक्ष विष्णु श्रेष्ठले आयोजना विकास सम्झौता भएको, सडक, विद्युत र खानेपानी जस्ता पूर्वाधार निर्माण भइरहेको र ५ महिना अघि विभागीय मन्त्रीले समेत सिलान्यास गरेको आयोजना एकाएक अन्यत्र सार्न खोज्नु खेदपूर्ण भएको बताएका छन् । २ दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशमै फिल्म सिटी बनाउने उद्घोष गरेका थिए ।
फिल्म सिटीका लागि दोलखामा ५ वर्ष देखि अध्ययन भइरहेको छ । सरकारले सामुदायिक वनको १५ सय रोपनी जग्गा समेत भोगाधिकार दिइ सकेको छ । काठामाडौंबाट ११० किलोमिटर पूर्व रहेको खरिढुङ्गाबाट ६ किलोमिटर माथि प्रस्तावित फिल्म सिटीको डाँङडुुङ्गे डाँडा रहेको छ ।

Shares

Be the first to comment on "फिल्म सिटी सार्ने अभिव्यक्ति विरुद्ध दोलखा चेम्बरको ध्यानाकार्षण"

Leave a comment

Your email address will not be published.


*