फोनिज दोलखाले मनायो १९ औ स्थापना दिवस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–फोनिज दोलखाले आफ्नो १९ औ स्थापना दिवस चरिकोटमा अन्र्त्क्रिया गरी मनाएको छ । कार्यक्रमको उद्धघाटन गर्दे सांसद पार्वत गुरुङ्गले दोलखालाई समृद्ध बनाउन पत्रकारहरुको ठुलो भुमिका रहेको बताए । समावेशी लोकतन्त्रको आधार, पुर्ण समावेशी संञ्चार भन्ने नाराका साथ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ आँै स्थापना दिवसको अवसरमा सदरमुकाम चरीकोटमा आयोजीत अन्र्त्क्रिया कार्यक्रममा वोल्दै सांसद गुरुङले दोलखाली जनताको विश्वासले आफुले मत जितेको स्मरण गराउँनुहुँदै कुनै पनि जात बर्ग भाषा भाषीको आधारमा विभेद नगरी दोलखाको हितको लागि काम गर्ने गुरुङले प्रतिबद्धता जनाए । सांसद गुरुङले दोलखाको विकासका लागि स्थानीय सरकार सँग सहकार्य गर्दै कलम चलाउन संञ्चारकर्मीलाई आग्रह समेत गरे । प्रतिनिधिसभा सदस्य एवं संसदीय सुनवाई विशेष समिति सदस्य गुरुङले प्रधान न्यायधिशको सुनवाई सम्बन्धि घट्ना मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्देश भएको र अब जुनसुकै क्षेत्रमा पनि विगतमा जस्तो मनलागि निर्णयहरु नहुने जिकिर गरे ।
कार्यक्रममा फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलले दोलखा जिल्लामा जिरेल, सुरेल, तमाङ लगाएत १२ जातजातिका मानिसको बसोबास रहेको जानकारी दिए । उनले कुनै पनि संञ्चार माध्यममा आदीबासी जनजाति भएकै कारण विभिन्न अवसरबाट बन्चित गराईने जस्ता कार्य भएको हुँदा त्यस्ता कार्य नर्गनका लागि समेत मिडियाकर्मीहरुलाई आग्रह गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनीज दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदीबासी जनजाति पत्रकार महाँसघ फोनीजका केन्द्रिय सदस्य उषा तामाङ्ग, नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष जिवन लामा, फोनीज दोलखाका सचिव धनराज तामाङ, फोनिजका उपाध्यक्ष र्सिजना गोले लगाएत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "फोनिज दोलखाले मनायो १९ औ स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*