बिपिको स्मृतिमा नेविसंघद्वारा वृक्षरोपण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

चरिकोट –नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री एवम् नेपाली साहित्यका धरोहर विश्वेश्वर प्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाले वृक्षरोपण गरेको छ। राष्ट्रियता लोकतन्त्र र समाजवादका लागि विद्यार्थी एकता भन्ने मुल नाराका साथ नेविसंघको नेतृत्वमा आईतवार भीमेश्वर नगरपालिका वडा नम्बर (३ चरिकोट,लामाचउर स्थित कालिञ्चोक माध्यमिक बिद्यालय परिसरमा वृक्षरोपण गरेको हो। परिसरमा ३ सय वटा चिया र ३ सय वटा अलैंचीको बिरुवा रोपिएको छ ।
“बोटबिरुवाले अक्सिजन दिएर मानव सभ्यतालाई बचाई राखिए झैँ विपि पथले पनि नेपाली समाजलाई समृद्धिको मार्ग प्रस्तुत गर्दै विश्व सामु नेपाललाई चिनाउने काम गरेको हुनाले विपि दिवंगत भएको दिनमा बोटबिरुवा रोपेर स्मृति दिवस मनाएको नेविसंघ अध्यक्ष भीम बहादुर खड्काले बताए । वृक्षरोपणका लागि अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य अनिल तामाङले ३ सय वटा अलैंचीको बिरुवा र शिक्षक ध्रुव वस्नेतले ३ सय वटा चियाको विरुवा सहयोग उपलब्ध गराएको हो । वृक्षरोपण कार्यक्रममा नेपाल विद्यार्थी संघका अलावा पार्टी सचिव सन्तोष रिमाल, नेपाली कांग्रेसका युवा नेत वर्मा लामा, भविन्द्र कार्की, जयराम श्रेष्ठ, बालकृष्ण आचार्य, राजु लामा, पुर्व नेविसंघ अध्यक्ष राकेश श्रेष्ठ, तरुण दल अध्यक्ष दावासांगे शेर्पा लगाएत गरि ५० जनाको उपस्थित रहेको अध्यक्ष खड्काले जानकारी दिए । विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वा्चित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

Shares

Be the first to comment on "बिपिको स्मृतिमा नेविसंघद्वारा वृक्षरोपण"

Leave a comment

Your email address will not be published.


*