भानुभक्त ढकाल कानुन मन्त्री, पद्मा अर्याल मन्त्रीमा बढुवा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  ने क पाका नेता भानुभक्त ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो नेता ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीको अस्मितासँग जोडिएको विवादित अभिव्यक्ति दिए पछि यसअघिका कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।  प्रधानमन्त्री ओलीले शुक्रबार नै महोत्तरी ४ का फोरम नेता सुरेन्द्र यादवलाई  स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए पछि पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा बढुवा भएकी छिन् ।

Shares

Be the first to comment on "भानुभक्त ढकाल कानुन मन्त्री, पद्मा अर्याल मन्त्रीमा बढुवा"

Leave a comment

Your email address will not be published.


*