भीमेश्वर नगरपालिकाको आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम प्रस्तुत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईस्वर दहाल

चरिकोट–भीमेश्वर नगरपालिकाले तेस्रो नगरसभा मार्फत आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत भएको छ । नगरपालिकाका उपमेयर कमला बस्नेतले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम वडा स्तरीय छलफलबाट प्रात्त सुझावलाई कार्यन्वयन गर्न सहयोग पुग्ने गरी कार्यक्रम तयार पारिएको जनाइएको छ । आर्थिक बर्षको २०७५÷७६ लाई समृद्धी भीमेश्वरको अधार बर्ष वनाउन नीति तथा कार्यक्रमलाई मुलत शैक्षिक क्षेत्रको गुणस्तरमा सुधार तथा कृषि क्षेत्रको व्यवसायिकरण जोड दिएको छ । त्यसैगरी पर्यटन ,पुर्वधारको विकास ,रोजगारी सिर्जना र सो अनुरुपका संरचना निर्माण एवंम सार्वजनिक निजि सहकारी र सामुदायिक साझेदारी लाई जोड दिएको छ ।
कृषितर्
नगरपालिकाका वडाहरुलाई कलष्टर तथा पकेट क्षेत्रमा विभाजन गरी अलैची तथा किवी खेती लाई हालको १५० क्षेत्रबाट ३०० हेक्टरमा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसैगरी मौसमी एमंव बेमौसमी खेतीलाई थप विस्तार गर्नुको साथै १५० रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खोर्सानीको उत्पादन गर्ने नीति तथा कार्यक्रमले जोड दिएको छ । पशु विमामा जोड दिनुको साथै कृषि बजारको व्यवस्थित रुपमा संन्चालनमा ल्याउने जनाइएको छ । शुक्रवार प्रस्तुत भएको नीति तथा कार्यक्रममा अधिकांश वडाहरुमा बाँदर आतङक बढदै गएको र खाद्य सुरक्षामा गम्भिर असर पर्न गएकोले बाँदर नियन्त्रण अभियानलाई सम्बन्धित निकाय सँगको समन्वयमा संन्चालन गरी कृषकलाई राहत प्रदान गर्ने जनाइएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*