मेगा बैंकको संचालकमा बालकृष्ण शिवाकोटी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट÷मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाण्डौमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट बालकृष्ण शिवाकोटी, मुक्तिराम पाण्डे,र इन्द्रबहादुर मल्ल ठकुरी निर्वा्चित भएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानी स्थायी घर भएका शिवाकोटी यस अघि चरिकोट केन्द्रीय कार्यालय भएको कालिञ्चोक डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । कालिञ्चोक डेढ वर्ष अघि टुरिज्म डेभलपमेन्ट बैंकमा गाभिएको थियो । त्यसैगरी २ महिना अघि टुरिज्म डेभलप्मेन्ट पनि मेगामा गाभिएर एकीकृत कारोबार सुरु गरेको छ । मेगा चुक्ता पुँजीको आधारमा इन्भेष्टमेन्ट बैंकपछिको दोस्रो ठूलो बैंक हो ।
सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वा्चित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उनले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताए ।
यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताइन । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
मेगा बैंकले स्थापनाको आठौं वर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ ।

Shares

Be the first to comment on "मेगा बैंकको संचालकमा बालकृष्ण शिवाकोटी"

Leave a comment

Your email address will not be published.


*