मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी दोलखाको गौरिशंकर गाउँपालीका वडा नम्बर ५ सुरीका ५१ वर्षिया कल्याण विक्रम खड्काको ज्यान गएको हो । खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधबार बिहान ३ बजेर २५ मिनेट जाँदा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । बा ३६ प ३२५१ नम्बरको मोटरसाइकल मंगलबार साँझ साँढे ६ बजे गौरिशंकर गाउँपालीकाको सुरीमा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाइते भएका खड्काकाई थप उपचारको लागी धुलिखेल अस्पताल लगिएको थियो । हलेश्वर मावि सुरीमा अध्यापनरत थिए

Shares

Be the first to comment on "मोटरसाइकल दुर्घटनामा एकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*