यस्ता छन अगामि बर्ष नगरपालिकाले संन्चालन कार्यक्रम

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–नगरपालिकामा यो आर्थिक वर्षमा सुत्केरी भत्ता १ हजार पाउने भएका छन । ३५ दिन भित्र जन्म दर्ता गराउने जाने आमाहरुलाई यस्तो भत्ता उपलव्ध गराउने मेयर भरत के.सी ले बताए । त्यसैगरी यो आर्थिक बर्ष सवै वडामा एक खेल मैदान निर्माण गर्ने उनले बताए । कक्षा १ सम्म निसुल्क दिवा खाजा व्यवस्था गर्ने जनाइएको छ । सवै वडाको आफ्नै भवन निर्माण गर्ने मेयर भरत के.सी ले जानकारी दिए । त्यसैगरी बाँदर नियन्त्रण गर्ने, चरिकोट बजारमा व्यवस्थित फुटपाथको व्यवस्था गर्ने जस्ता कार्यक्रम अगामी बर्ष अगााडी सारिएको छ । चरिकोटको प्रस्तावित अस्पालमा आइसियु सहितको अस्पताल निर्माण थालनि गर्ने, आर्गनिक खेतीलाई प्रोत्सान गर्ने जस्ता कार्यक्रम ल्याइएको पनि मेयर के.सी बताए ।
भिमेश्वर नगरपालिकाले गत बर्ष गरेको कार्यक्रमले उल्लेखनिय प्रगति भएको जनाएको छ । गत वडा नंम्वर ३ मा सातदोवाटोमा बहुउदेशीय भवन निर्माणको लागि कार्य अगाडी बढेको जनाएको छ । आइतवार गरिएको सार्वजनिक सुनुवाइमा सो जानकारी दिएको छ । लाँकुरी डाँडामा प्रवेसद्धार निर्माण सुरुवात गरिएको, जिलुमा एकिकृत वस्ती निर्माण कार्य सुरुवात, कक्षा ५ सम्मका विद्यार्थीलाई पोसाक वितरण गरिएको जस्ता अन्य कार्यक्रम सुरुवात गरिएको मेयर भरत के.सीले बताए ।

Shares

Be the first to comment on "यस्ता छन अगामि बर्ष नगरपालिकाले संन्चालन कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*