युवा व्यवसायी उपे्रती भन्छन– “अहिले राज्यलाई राजस्व मार्फत योगदान दिँदा आफुलाई गर्व महसुस हुन्छ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) –दोलखाको वैतेश्वर गाँउपालिका वडा ६ मा ३० करोडको लगानीमा हाल मनास्लू डिस्टी«लरी प्रालिको स्थापनासँगै सयौ स्थानीय रोजगारीको पाएका छन । पुर्वी हिमाली जिल्लामा ग्रामिण स्थानमा ठुलो धनरासीमा यसको उद्योगको स्थापना गरेका हुन युवा व्यबसायी सुरेन्द्र उपे्रतीले । उप्रेतीले ७० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन । उनले दोलखामा १० भन्दा ठुला उद्योगमा उनको करोडौ लगानी गरेका छन । आफुले अव दोलखाका केन्द्रीत स्वास्थ्य ,शिक्षा, रिसोटमा साथै अन्य क्षेत्रमा भविस्यमा लगानी गर्ने उनको भनाई रहेको छ । वैतेश्वर गाँउपालिका ६ का ३२ बर्षे युवा व्यवसायी उप्रेती १२ वर्ष अगाडी आफै सुर्य नेपालमा रोजगारी गरेका थिए । त्यस पछि आफ्नै लगानीमा २०६५ समिक्षा स्टोरबाट व्यसाय सुरु गरेका उप्रेती दोलखाका हालका सफल व्यवसायी हुन । रोजगारी गर्दा आफैले केही गर्नुपर्दछ, भन्ने सोच आएको कारण आफैले व्यवसाय गरेको उप्रेतीको भनाई रहेको छ । “अहिले राज्यलाई राजस्व मार्फत योगदान दिँदा आफुलाई गर्व महसुस हुने गरेको छ” उप्रेती भन्छन । व्यसायिक सोचको साथै त्यसको कार्यन्वयन मात्रले आफू सफल व्यवसायी वन्न सफल भएको उनको अनुभव रहेको छ ।

Shares

Be the first to comment on "युवा व्यवसायी उपे्रती भन्छन– “अहिले राज्यलाई राजस्व मार्फत योगदान दिँदा आफुलाई गर्व महसुस हुन्छ"

Leave a comment

Your email address will not be published.


*