राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति  १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू :

१.  निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने

२.  मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

३.  एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

४.  मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

Shares

Be the first to comment on "राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने"

Leave a comment

Your email address will not be published.


*