विकास गुणस्तरीय बनाउन नेकपाको ज्ञापन पत्र

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–नेपाल कम्युनिष्ट पार्टी दोलखाको भातृ संगठन योङ्ग रेडफेर्सले विकासका कामलाई गुणस्तरीय बनाउन र जनतालाई धुँवा धुलोबाट मुक्त गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । रेडफेर्सका जिल्ला अध्यक्ष अग्निले निर्वाचनमा पुराना दलहरुले बाचा गरेका घोषणा पत्र र प्रतिबद्धतामा मात्र सिमित भएकाले कार्यान्वयनमा जोड दिएका छन् ।
१९ बुँदे ज्ञापन पत्रमा नगरपालिका र गाउँपालिका भित्रका सडकहरु धुँवा र धुलो रहित बनाई जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेको छ । निर्माणाधिन सडक, खानेपानी जस्ता विकास निर्माणका योजनाहरुमा प्रभावकारी अनुगमण गर्न ढिला सुस्ती नियन्त्रण गर्न, शुद्ध खानेपानीको व्यवस्थापन गर्न, बजार क्षेत्रमा व्यवस्थित र्पािर्कङको व्यवस्था गर्न र भुकम्प पीडितहरुको घर बनाउन आवश्यक निर्माण सामग्रीको सहज व्यवस्थापन मिलाउन आग्रह गरेको छ ।


विद्युत सेवा नियमित गर्न र विद्युत र केबलबा तारहरु व्यवस्थित गर्न, सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन ठेक्का पट्टा पारदर्शी बनाउन, होटल व्यवसायको मागदण्ड स्पष्ट पार्न यातायातलाई सर्वसुलभ र सिण्डिकेट अन्त्य गर्ने लगायतका सरकारलाई नै सहयोग पुग्ने मागहरु राखेको उनले बताए ।

Shares

Be the first to comment on "विकास गुणस्तरीय बनाउन नेकपाको ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*