शेयर संङकलन निशुल्क रुपमा सबै वडाहरुमा लिन नगरवासीलाई मेयर के.सीको आह्वान

फाइल फोटो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–भिमेश्वर नगरपालिका सवै वडाले राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर संङकलन निशुल्क रुपमा गरेको छ । दोलखालीले हाल्न पाउने शेयर भर्ने काम नियमित रुपमा संङकलन सवै वडामा चलिरहेको नगरपालिका प्रमुख मेयर के.सी बताए । भीमेश्वर नगरपालिका अन्तर्गत सबै वडाहरुमा वडा अध्यक्ष तथा निर्वाचीत जनप्रतिनिधिको सहयोगमा सेयर फारम भर्ने र भराउने काम निशुल्क रुपमा वडा कार्यालयमा भइराखेको पनि के.सी बताए । उनले नगरपालिकामा उक्त सुविधा लिन सवै नगरवासीलाई मेयर के.सीले अनुरोध गरेका छन । उनले स्वंयमसेवकका रुपमा काम गर्न सबै जनप्रतिनिधिहरु, शिक्षकर कर्मचारीहरु, समाजिक कार्यकर्ताहरु तथा नागरिक अगुवाहरुलाई आह्वान गरेका छन ।

Shares

Be the first to comment on "शेयर संङकलन निशुल्क रुपमा सबै वडाहरुमा लिन नगरवासीलाई मेयर के.सीको आह्वान"

Leave a comment

Your email address will not be published.


*