शैलुङबाट १५ दिनदेखि हराएको बालक काकाबाटै हत्या

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ११ असोज

शैलुङ गाउँपालिका वडा नं. ८ का १० वर्षिय बालक हराएको १४ दिनपछि मृत अबस्थामा स्थानीयले फेला पारेका छन् । बुधबार दिउँसो घर नजिकैको जंगलको खाल्डोमा गाई बस्तु चराउने स्थानीयले संकास्पद लास देखेपछि प्रहरी र गाउँलेलाई खबर गरेको स्थानीय बैदार लामाले जानकारी दिए ।
प्रहरीले घटनाको सुस्म अनुसन्धानपछि बिहीबारै घटनाको अभियुक्तको रुपमा बालकका आफ्नै काका २५ वर्षका उमेश विकलाई पक्राऊ गरेको छ । अभियुक्तले अपराध स्वीकार गरिसकेको र किटानी जाहेरी लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिए ।

गत भाद्र २७ गते देखि शैलुङ ८ बस्ने कक्षा ३ मा अध्ययनरत बर्ष १० को कुशल बि.क. घरबाट अचानक हराएको जानकारी प्राप्त भए पश्रचात परिवार र स्थानिय प्रहरीले व्यापक खोजतलास गर्दा पनि बालक फेला परेको थिएन । पोष्टमार्टमको लागि शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटको शव घरमा राखिएको छ ।

Shares

Be the first to comment on "शैलुङबाट १५ दिनदेखि हराएको बालक काकाबाटै हत्या"

Leave a comment

Your email address will not be published.


*