सरकार ! लाभग्राही सूचीमा नाम कहिले आउँछ ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–माटोको सानो चटक्क परेको झुपडी, अनि खरको छानो हालेको दुई तले घरमा गुजारा चलेको थियो । त्यो पनि २०७२ वैसाखमा आएको भूकम्प तथा त्यसपछि आएका पराकम्पनले भत्कायो । घर भत्केपनि उनको मन भने भत्किएको थिएन ।
भुकम्पले घर ढलेको साँढे ३ वर्ष वित्यो । यो बीचमा सरकार, ५ वटा फेरिए, जबैले भुकम्प पीडितलाई गुलिया भाषण सुनाएको समाचार सुनेके लामो समय भयो । भुकम्पपछि पटक पटक घर नापजाँच गर्न प्राविधिकहरु आए, राहत बाँड्नेहरु पनि आए । वरपर धेरैका नयाँ घर ठडियो तर दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ६ की निता घिमिरे टहराकै बासमा छिन् ।
जव उनको श्रीमानको चिसोले कठ्याङग्रिएर ज्यान गुमाए, जव निता घिमिरेको परिवारमा ठुलो संकट आई लाग्यो, मनमा चिन्ता सुरु हुन लाग्यो । निताले भुकम्प पछि लत्ता कपडा र न्यानो आवास नभएकै कारण चिसोले गर्दा ४५ वर्षिय श्रीमान गुमाउनु परेको समेत दुखेसो गरिन । “गरिवको घर त भुकम्पले लगे पनि घर वनाउन आँट दिने श्रीमान नै गुमाउनु प¥यो ”उनले भनिन्् ।
मैले जनप्रतिनिधीलाई गुहार मागे खै मेरो केही सुनुवाई उनले भनिन ्। सरकारले गरिव दुखीलाःई हेर्छ भन्थे खै हामीलाई त हेरेन उनले दुखेसो थियो । घर छिमेकीका भुकम्प पिडितमा नाम निस्कियो तर उनको नाम भने लाभग्राही सुचीमा निस्केन । उनले प्राविधिकलाई भत्किएको घर नाप्न नलाएकी होइनन् । तर उनको नाम तेस्रो पटक त नाम निस्कीएन । उनले अहिले आफनो लाभग्राहीको सुचीमा निस्किन्छ , भन्ने धेरै आशा मारेकी छिन ।
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने यथार्थ निता पनि बनिन् । पहुँच पु¥याउनेले गाउँ, सहरमा पक्कि घर हुनेहरुका गाउँमै पुनः निर्माणको मूल्याङ्कमा ३ वटा सम्म सरकारी अनुदानमा बने । तर निताको ३ लाख घर बनाउने अनुदान पाउने आसैआसमा साँढे ३ वर्ष बिते । पटक पटक लाभग्राहीको सूचीमा नाम ननिस्किएपछि २ पटक गुनासो फाराम भरिन् ।
२ पटक त गुनासोमा नाम नै आएन, त्यस्रो पटक नाम निस्कीयो तर प्रवलिकरणको लागि मात्र । राम्रोसँग छाक टार्न समेत कठिन छ । जब भुकम्प गयो तिन बर्ष सम्म सरकारी अनुदान पाउने आशमा जिवन वित्यो, तर भुकम्प पीडितको सुचिमा मेरो नाम आएन । गिट्टी कुटेर जोहो गर्दे घर बनाउने तयारी गरिरहेकी घिमिरेले गिट्टी देखाउँदै भनिन् “अब त के गर्न सकिन्छ, घर बनाउनको लागि पैसा छैन ।”
“अब यसको के काम भयो र घर मर्मत गर्नु पर्ने सुचिमा नाम निस्कियो ।” घिमिरेले गुनासो गरिन् । अब १ लाख रुपैँयाले मैले के गर्न सक्छु र घरै छैन् घर मर्मत गर्नुपर्नेमा नाम आएछ । बर्षाको समय दिन रात पानी परिरहन्छ । पानी परेपछि घिमिरेलाई आज भोलि के गर्ने कसो गर्ने भन्ने कुराले पिरोली रहन्छ ।
घिमिरेले भुकम्प पछि लत्ता कपडा र न्यानो आवास नभएकै कारण चिसोले गर्दा ४५ वर्षिय श्रीमान गुमाउनु परेको समेत दुखेसो गरिन । दुई चार पैसा कमाउन सक्ने मेरो कोहि छैनन् । कमाउने कोहि भए त घर बनाउन आट गर्न सक्थे होला । घिमिरेसँग अहिले नै घर बनाउन सक्ने आँट छैन् । सासु ससुरा छुटै् बस्नु हुन्छ उहाँहरुको नाम निस्कियो । उहाँहरुले त घर बनाउनु भएको छ । घिमिरेको ५ जनाको परिवार छ । जेठी छोरी काठमान्डौँमा काम गर्दै पढ्दै छिन । तिन जना नाम्दुको बैतेश्वर माध्यमिक विद्यालयमा गाँस बास र कपासको अभावमा पनि अध्ययन गरिरहेका छन । घिमिरेले घरलाई देखाउँदै भनिन बैशाख सम्ममा त हामी ४ जना यहि घरमा बसेका थियौँ ।
वडा अध्यक्ष शम्सेर घिसिङले उनको समस्या समाधान गर्न पहल गर्ने बताए । बास्तविक भुकम्प पिडित ११२ जनाको प्रबलिकरणमा नाम निस्केको र त्यसलाई समधान गर्न आफुले पहल गर्ने पनि उनले बताए । यो समस्या समाधान गर्न गाउँपालिका लागेको उनले दावी गरे ।

 

Shares

Be the first to comment on "सरकार ! लाभग्राही सूचीमा नाम कहिले आउँछ ?"

Leave a comment

Your email address will not be published.


*