सरकार विरुद्ध काँग्रेस सडकमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट।१५ साउन
विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् ।
पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका विरोध कार्यक्रममा सहभागी भए । उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । राजधानीलगायतका ठूला शहरमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितासहित कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
दोलखामा पनि नेपाली काँग्रेसले मुल्य वृद्धि, विकासमा भउको बेथिती, फिल्म सिटी सार्ने प्रधानमन्त्रीको अभिव्यक्ति लगायतका विषयमा विरोधका कार्यक्रम गरेको हो ।
विरोध ¥यालीले चरिकोट बजार परिक्रममापछि सातदोबाटोमा कोण सभा गरेको थियो । कोण सभामा बोल्ने अधिकाँश वक्ताहरुले पछिल्लो सयम सरकार अधिनायकवादी हुँदै गएको आरोप लगाए । दोलखाका धेरै सांसदहरु भए तापनि संघियताको नाममा दोखाका अधिकाँश सरकारी कार्यालयहरु रामेछाप र सिन्धुपाल्चोकतिर सार्दा समेत जनप्रतिनिधिहरु टुलुटुलु हेरेर बसेको आरोप लगाए ।
नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले कम्युनिष्टहरुको शासनमा स्वतन्त्र नहुने ठोकुवा गरे । कम्युनिष्टको बलियो सरकारकै बेलामा पनि आफ्ने घोषणा पत्र कार्यान्वयनका लागि समेत व्यक्ति व्यक्ति अनसन बस्नु पर्ने बाध्यता भएको बताए ।
पूर्व सभापति ताराबहादुर कोइरालाले दोलखामा सिलान्यास भइसकेको फिल्म सिटी अन्यत्र लैजान लाग्दा समेत हाम्रा जनप्रतिनिधिहरु निरीह बनेको आरोप लगाए । दुई तिहाइको दम्भमा गर्ने बेतिथि विरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने घोषणा गरे । कोण सभामा नेपाली काँग्रेस दोलखाका नेताहरु वर्मा लामा, इश्वरनारायण मानन्धर, केशवराज चौलागाई, युधिष्टिर खड्का, सन्तोष रिमाल, महेश काफ्ले लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "सरकार विरुद्ध काँग्रेस सडकमा"

Leave a comment

Your email address will not be published.


*