सामुदायिक विकास मञ्च नेपालको तेह्रौँ साधारणसभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

१७ भाद्र, चरिकोट

खानेपानी तथा सरसफाई क्षेत्रमा सक्रिय रहेको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च नेपाल दोलखाको तेहौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजु थापाको अध्यक्षता र जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले गैरसरकारी संस्थाहरु सरकारका सहयोगी निकाय भएकाले दोलखाका सबै समाजमा आउनका लागि आफूले आग्रह गरिरहेको बताए गैससका कामहरुलाई अनुगमन र मूल्यांकनगर्ने पनि आफ्नो जिम्मेवारीमा रहेकोले सबै गैससका कामलाई आफूले निकटबाट नियालीरहेको उनले जानकारी दिए । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका प्रमुखहरुको बैठकले गैससलाई हेर्ने भूमिका समान बनाउन आफूले प्रयत्न गरिरहेको र हरेक ३∕३ महिनामा प्रगतिविवरण लिने निर्णय भईसकेको जानकारी प्र्रमुख पाण्डेले दिए ।

संस्थाको बार्षिक प्रगतिविवरण सचिव अर्जुनकार्कीले प्रस्तुत गर्दै दोलखाका अधिकांश गाउँहरुमा सामुदायिक धारा निर्माण, एक घर एकधारा निर्माण, विद्यालयहरुमा खानेपानी तथा सरसफाईका गतिविधिहरु सञ्चालनभैरहेको जानकारी दिए र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष राजन श्रेष्ठले आर्थिक बर्ष २०७४∕७५ मा संस्थाको आय ब्यय विवरण पेश गरे ।

Shares

Be the first to comment on "सामुदायिक विकास मञ्च नेपालको तेह्रौँ साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*