सिंगटी हाइड्रोका प्रगति ७० प्रतिशत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सिंगटी(दोलखा) २३ असार
निर्माणाधिन सिंगटी खोला जलविद्युत आयोजनाको प्रगति ७० प्रतिशत भएको छ । आयोजनाले ढिलोमा एक वर्ष भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको हेडवक्सको प्रायःजसो काम पूरा गरेको छ ।
आयोजनाको हेडवक्समा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर रमेश सुवेदीका अनुसार हेडवक्सको फिनिसिङको काम बाहेक सबै संरचना तयार भएका छन् । हेडवक्समा बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरी, हेडपोन लगायतका संरचना रहेका छन् ।
बाँध, इन्टेक र पानी थिग्याउने पोखरीको काम असारसम्म पूरा गर्ने लक्ष्य नै काम भइरहेको उनले जानकारी दिए । अघिल्लो वर्ष हेडवक्सको निर्माणाधिन संरचनामा बाढी पसेर क्षति भएको थियो । तर यि सबै संरचना एक वर्षको प्रगति भएको उनले बताए ।


कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरे र विगू ५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन छ । सिंगटी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको कम्पनी आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए ।
आयोजनाको ६ किलोमिटर सुरुङ मध्ये हालसम्म २ तिहाइभन्दा बढी सकिएको छ । हेडरेस सुरुङ मध्ये हालसम्म १ हजार ८ सय मिटर मात्र बनाउँन बाँकी छ । त्यस्तै बीचमा ३ सय मिटर अडिट सुरुङ बनाएर त्यसको पावर हाउस तर्फ र हेडवक्स तर्फ पनि सुरुङ निर्माण भइरहेको छ । अन्तिम निकास पावर हाउस तर्फ (आउटलेट)बाट समेत सुरुङ निर्माणाधिन भएको आयोजनाको सहायक प्रमुख समेत रहेको इन्जिनियर रमेश सुवेदीको भनाई छ ।
“निकास तर्फकाट ४ सय ३७ मिटर कमजोर चट्टान भएकाले केही ढिला भएको थियो” उनले भने “अहिले चट्टान राम्रो फेला परेको छ, त्यसतर्फबाट पनि काम द्रुत गतिमा भइरहेको छ ।” यही गतिमा सुरुङ निर्माण भए अबको २ महिनामा हेडवक्सतिरको हेडरेस सुरुङ ब्रेक थ्रु हुुने उनले बताए ।
अबको ६ महिनामा सुरुङ ब्रेक थ्रु गर्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाबाट २०७५ चैतमा विद्युत उत्पादन गर्ने लक्ष्य भए तापनि अन्तिम निकास तर्फको सुरुङ निर्माणमा भएको ढिलाइ, गत वर्षको बाढी पु¥याएको क्षति लगायतका कारण ४ महिना जति ढिला हुन सक्ने जानकारी दिए । आयोजनाको भौतिक निर्माण सुरु भएको डेढ वर्ष भयो । निजी क्षेत्रबाट निर्माण भएका आयोजनाहरु मध्ये छोटो समयमै राम्रो प्रगति भएको आयोजना यी भएको उनले दाबी गरे ।
आयोजनाको प्रभावित क्षेत्र साविकको बाबरे सहित लामिडाँडा, खोपाचागू, लादुक र चिलंखा साविकका गाविस पर्दछन् । बाबरे र चिलंखागाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्याङ्क निर्माण हुनेछ । त्यसपछि ९ सय ५० मिटर पेनस्टक मार्फत लामिडाँकै शिरिसघारीमा पावरहाउसमा पानी खसाली विद्युत उत्पादन हुने छ ।
शिरिसघारीको कात्तिकेका पावर हाउस निर्माणको काम समेत भइ रहेको छ । असारसम्म पावर हाउसको सिभिलको काम ८० प्रतिशत पूरा गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सापकोटाले बताए । आयोजनाको ग्रस हेड २ सय ६८ मिटर रहेको छ । विद्युत गृहमा १२.५ मेगावाटका २ वटा युनिट राख्ने योजना छ । वर्षा लागेकाले बाहिरी सतहको कामको गति भने घटेको छ ।
आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, हाइड्रोमेकानिकलको काम क्रिम हाइड्रो प्रालि र इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गर्ने आयोजना ले जनाएको छ । सिंगटीमा निर्माणाधिन सव स्टेशन नजिकै भएका कारण आयोजनाले प्रसारण लाइन २ सय मिटर पनि निर्माण गर्नु पर्दैन ।
सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा “सुपर ६” आयोजना अन्र्तगत पर्छ । सुपर ६ का आयोजनाहरु मध्ये सबैभन्दा राम्रो प्रगति भएको आयोजना सिंगटी खोला नै रहेको छ ।

Shares

Be the first to comment on "सिंगटी हाइड्रोका प्रगति ७० प्रतिशत"

Leave a comment

Your email address will not be published.


*