२०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

२०२६ को विश्वकप फूटबल प्रतियोगिता क्यनाडा-मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा)को बैठकबाट तीन मुलुकले प्रतियोगिता आयोजनाको बाजी जितेका हुन्।

मरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो।

प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ। १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्।

पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेका थिए।

विश्वकप फुटबल यसपटक रसियामा हुदैँछ। सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ।

Shares

Be the first to comment on "२०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकामा"

Leave a comment

Your email address will not be published.


*