दोलखामा हालसम्म २५ हजार लिए दोस्रो किस्ता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विश्वदीप थपलिया÷पमडोमा शेर्पा
चरिकोट, २२ माघ
निजी आवास पुर्ननिर्माणका लागि दोलखा हालसम्म २५ हजार ८ सय ४७ ले दोस्रो किस्ता लिइका छन । भुकम्पले भत्केका निजी आवास पुर्ननिर्माण सुस्तता आइरहेको गुनासो आइ रहेको बेला दोलखामा भने झण्डै आधा लाभग्राहीले दोस्रो किस्ता अनुदान बुझेका हुन् ।
राष्ट्रिय पुन निमार्ण प्राधिकरणको कार्यालय दोलखा सचिवालयका अनुसार हालसम्म ५५ हजार १ सय २० जनाले पहिलो किस्ता बुझेका छन् । पुर्ननिर्माण प्राधिकरण सचिवालय दोलखाका प्रमुख सागर आचार्यका अनुसार असहलेसम्म निजी आवास निनर्माण सम्पन्न गरी ९ हजार २ सय ५९ घरधुरिले तेस्रो किस्ता समेत लिइ सकेका छन् ।
दोलखामा ६२ हजार लाभग्राहीहरु रहेका छन् । १० हजार गुनासोको केन्द्रमै छानविन भइरहेको छ । जसमध्य १५ हजार भन्दा बढीले आवास पुन निमार्णको भइसकेको उनले बताए । निजी आवास पुर्ननिर्माणका लागि दोलाखामा करिब १ सय ९० जना प्रबिधिकहरु खटाइएको छ ।
जिल्लामा हालसम्म ५ अर्व ६९ करोड ८५ लाख आवास निमार्ण अनुदान निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रक्रियागत झण्झट र थोरै जनशक्ति भएकाले घर निर्माण पूरा भए तापनि निकासामा केही ढिला भएको सम्बन्धित निकायका अधिकारीहरुले जानकारी दिए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा पुर्ननिर्माण प्राधिकरण समन्वय समितिका अध्यक्ष डबल पाण्डेले पुर्ननिर्माण प्रक्रिया सरल बनाउन निर्देशन दिएको बताए । राष्ट्रिय पुर्न निर्माण प्राधिकरणका अनुसार भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये निजी आवास निर्माणमा दोलखा नै सबैभन्दा अघि रहेको जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा हालसम्म २५ हजार लिए दोस्रो किस्ता"

Leave a comment

Your email address will not be published.


*