५ बर्षे रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईस्वर दहाल

ईस्वर दहाल
चरिकोट–“स्थानीय स्रोत र साधनको प्रयोग गरि उद्योग प्रवर्द्रन गरौ“ भन्ने मुल नाराका साथ दोलखाको वैतेश्वर गाँउपालिकामा लघुउद्यम विकासको लागि ५ बर्षे रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । गाँउपालिकाका उपाध्यक्ष रविचन्द आचार्य को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका परामर्शदाता शुरेश दहालले स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गरी खेर गएका कच्चा पदार्थहरु स्थापना गरी व्यवसाय प्रवर्द्रनको विषयमा सहजिकरण गरेका थिए ।  सरकारले स्थानिय स्तरमा मुख्य उत्पादन हुने स्रोत र सिपहरुको खोजी गरी सरकारको अवधारणा अनुरुप एक स्थानीय तह एक उद्योगग्रामको बारेमा गोष्ठीमा छलफल गरिएको थियो ।  वैतेश्वर गाँउलिकाले एक उद्योग ग्राम निर्माण गर्ने, एक डा एक लघु उद्योग, एक घर एक उत्पादन , लघु उद्यमी सहकारी, स्थानीय उत्पादनको कोसेली घर सञ्चालन गर्ने लक्ष्य राख्दै आगामी ५ बर्ष भित्र वैतेश्वरवासीको जनताको आर्थिक समृद्धिको योजना निर्माण गरिएको उपाध्यक्ष आर्चाय वताए .।
उक्त योजना लाई कायान्वयनको लागी गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य को सयोजकत्वमा वडा अध्यक्षहरु सबै, लघु उद्यमीहरु सम्मिलित रहने गरी १३ सदस्यीय कार्यदल गठन गरीएको छ । वैतेश्वर गाँउपालिकामा ४०० जना लघु उद्यमीहरु मध्य १९४ वटा लघु, घरेलु तथा साना उद्योगहरु दर्ता रहेका छन । घरेलु तथा साना उद्योग विकास समितिका दोलखाले यसबर्ष कालिञ्चोक र वैतेश्वर गाँउपालिकालाई लघुउद्योम विकासको लागी पञ्च बर्षीय रणनीतिक दस्तावेज उपलब्ध गराउने बताईएको छ । कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुली, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाका निर्देशक नारायण कोईराला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यरु, कर्मचारीहरु , स्थानीय स्तरका लघु उद्यमीहरु लगाएतको उपस्थितिमा भएको थियो

Shares

Be the first to comment on "५ बर्षे रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न"

Leave a comment

Your email address will not be published.


*