अपर तामाकोसी हाईड्रो पावर कम्पनीको नाफा एक अर्ब बढी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः अपर तामाकोसी हाइ«ो पावर कम्पनीको नाफा एक अर्ब नाघेको पाइएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार कम्पनीको नाफा एक अर्ब नाघेको पाइएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले १ अर्ब ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो नाफा २६.२६ प्रतिशतले बढी रहेको हो । गत आवको सोही अवधिमा कम्पनीले ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत असार मसान्तसम्ममा भने कम्पनी ४ अर्ब ८ करोड ९१ लाख ९२ हजार रुपैयाँ ऋणात्मक थियो । कम्पनीले गत आवको पहिलो त्रैमासिक अवधिमा बिद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म आइपुग्दा कम्पनीको आम्दानी साढे १५ करोडले बढेर ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ पुगेको पाइएको छ ।
यसको साथै कम्पनीकोे कर्मचारी संचालन खर्च पनि घटेको पाइएको छ । गत आवको पहिलो त्रैमासिकमा कर्मचारी संचालन खर्च ११ करोड १८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ८ करोड २७ लाख रुपैयाँ रहेकोछ । विद्युत बिक्री आम्दानी वृद्धि तथा कर्मचारी संचालन खर्च घट्दा कम्पनीले आफ्नो नाफा दोहोरो अंकले बढाउन सफल भएको छ ।
माथिल्लो तामाकोसी हाइडूोपावर कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारीक उत्पादन भइरहेको छ भने रोलवालिङ डाइभर्सनको काम भने बाँकी नैं रहेको छ । कम्पनीले आफ्नो वित्तीय अवस्थालाई सुदृढ गर्न एक बराबर एकको अनुपातमा राईट शेयर समेत निष्काशन गरिसकेको छ ।

Shares

Be the first to comment on "अपर तामाकोसी हाईड्रो पावर कम्पनीको नाफा एक अर्ब बढी"

Leave a comment

Your email address will not be published.


*