आईपीएल क्रिकेटको खेल वर्षाले प्रभावित, अब फाइनल आज हुँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि सारिएको छ ।

फाइनलमा चेन्नई सुपर किंग्सु र गुजरात टाइटन्स भिड्दैन् । वर्षाका कारण टस पनि लिइएन ।

राति ९ बजे वर्षा रोकिएको थियो । खेल मैदानलाई सुक्खा गरिएर खेलाडी मैदानमा प्रवेश गरेपछि पुनः वर्षा भयो । त्यसपछि राति ११ बजे खेल स्थगित गर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।खेल हेर्न आइतवारका लागि लिइएका टिकट नै सोमवार मान्य हुने जानकारी समेत दिइएको छ ।

Shares

Be the first to comment on "आईपीएल क्रिकेटको खेल वर्षाले प्रभावित, अब फाइनल आज हुँदै"

Leave a comment

Your email address will not be published.


*