आत्मबल र आयस्रोत बलियो हुनुपर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर १६
दोलखाको सदरमुकाम चरिकोटमा सहकारी संस्थाहरुको लागि ३१ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला आयोजना गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को प्राविधिक सहयोगमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार कार्यशालाको आयोजना गरेको हो ।

सहकारीको प्रभावकारिता वृद्धिका लागि आयोजित सो कार्यशालाको भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण्मा मानन्धरले उद्घाटन गर्नु भयो । उहाँले चलायमन अर्थतन्त्रका लागि सहकारी संस्थाले व्यवस्थित र प्रभावकारी रुपमा सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । उहाँले सहकारीको गरिमा र जनविश्वास कायम राख्न आर्थिक अनुशासन महत्वपूर्ण पाटो भएको उल्लेख गर्नु भयो । नगर प्रमुख मानन्धरले नागरिकको आयस्रोत र आत्मबल बलियो भए मात्र अर्थतन्त्र सुधारको लक्ष्य पूरा हुनेमा जोड दिनु भयो ।

कार्यशालामा दोलखाको जनकल्याण, मिलीजुलीकालिञ्चोक र जनमुखी साकोस रामेछापको नवजनजागरण साकोस, काभ्रेपलाञ्चोकको बुडोल सामुदायिक साकोस, भक्तपुरको शुभकामना साकोस र सामूहिक साकोसका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । सहभागीहरुले गएको तीन महिनामा आफ्ना सहकारीले गरेका गतिविधि तथा असल अभ्यासको आदनप्रदान गरेका थियो । कार्यशालाले सहकारी समस्या र जोखिमको निराकरण, संस्थागत विकास र गुणस्तर बृद्धिको उपाय, ऋण लगानी, सम्पति शुद्धिकरण निवारण, विधि, नीति र प्रविधिको प्रयोग लगायतका विषय समेटेर कार्ययोजना समेत तयार पारेको छ । सो कार्ययोजना अनुसार प्रतिफल प्राप्त हुने गरी कार्य सम्पादन गर्ने सहभागीहरुले प्रतिबद्धतता जनाएका छन् ।

हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले राम्रा सहकारीको असलअभ्यासको अनुसरणले गुणस्तर वृद्धिमा सहकारीलाई सहयोग पुग्ने बताउनु भयो । सहकारीले विभिन्न सूचकहरुमा सफलता हासिल गर्न नीति, सिद्धान्त र स्वनियममा निरन्तर क्रियाशिल हुनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।

Shares

Be the first to comment on "आत्मबल र आयस्रोत बलियो हुनुपर्ने"

Leave a comment

Your email address will not be published.


*