एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा श्रेष्ठ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनु भएको हो । शनिवार सम्पन्न संगठनको सातौं जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । संगठनका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कालिका ओली, सचिव इन्द्रकुमार बस्ने तथा अर्थ सचिवमा दिपक दहाल रहनु भएको छ । श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*