एमालेको “मिसन ग्रासरुट” अभियान मध्यतिर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस)ः नेकपा एमाले दोलखाको “मिसन ग्रास रुट अभियान” कार्यक्रम मध्यतिर पुगेको जनाएको छ  । एमालेले दोलखामा यो अभियान संञ्चालन गर्न तीन केन्द्रीय स्तरका नेता तथा प्रदेशका नेतालाई स्थानीय तहहरुमा खटाएको छ । यो अभियान मध्यतिर पुगेको एमाले दोलखाका उपसचिब धमेन्द्र मोक्तानले जानकारी दिनु भयो । यस अभियानमा एमालेले संगठित सदस्यता नवीकरण गर्नेगरी शिविर सञ्चालन गर्ने र ती सदस्यलाई प्रशिक्षण गर्ने कार्यक्रम गर्दै आएको छ । पार्टीलाई तल्लो स्तरबाट जनवर्गीय संगठन विस्तार गर्ने र आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीबीच समन्वय गरी कार्यक्रम वनाउने नीति यो अभियानले लिएको उपसचिव मोक्तानले बताउनु भयो । अभियानले पार्टीलाई सुदृढीकरण तथा सुद्धिकरण गर्ने र पार्टीभित्र आन्तरिक मतभेद, असमझदारी र द्वन्द समाधान गर्न नेताले समन्वय गर्ने उपसचिव मोक्तानको दावी छ ।
दोलखा एमालेले केन्द्रीय सदस्यहरु शुभास देवकोटा , गोविन्द दुलाल र कमल चौलागाईलाई स्थानीय तह नै तोकेर अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । मिसन ग्रासरूट अन्तर्गत देवकोटालाई जिरी नगरपालिका , बैत्येश्वर गाउँपालिका र तामाकोसी पालिकाका, गोविन्द दुलाललाई कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिका र कमल चौलागाईंलाई भीमेश्वर नगरपालिका ,मेलुङ गाँउपालिका र शैलुङ गाउँपालिकामा अभियान सञ्चालन गर्न कार्य क्षेत्र तोकेको छ । बागमती प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका पार्टी नेता कार्यकर्ता सो अभियानमा सक्रियपूर्वक सहभागि भइरहेको रहेको नेकपा एमालेले जनाएको छ ।
अभियानको पहिलो चरण अन्र्तगत स्थानीय तह स्तरीय बैठक , तथा जिल्ला कमिटीको बैठक गरी समिक्षा गरिएको छ । अहिले दोस्रो चरण अन्र्तगत विभिनन स्थानीयतहहरुमा वडा स्तरीय कार्यक्रम भइरहेको छ । वडामा कार्यक्रमसँगै कार्यक्रमको मध्यावधी समीक्षा गर्न जिल्ला कमिटी दोलखाको वैठक चैत १० गते हुने उपसचिव मोक्तानले बताउनु भयो । नेकपा एमालेले दोलखामा मिसन रुट अभियान फागुन १० गतेबाट सुरू गरेको थियो । यो अभियान बैसाख ९ गते समापन हुने नेकपा एमाले दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "एमालेको “मिसन ग्रासरुट” अभियान मध्यतिर"

Leave a comment

Your email address will not be published.


*