एमाले बैतेश्वर गाँउपालिकाको दोस्रो अधिबेशन भोली हुदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः नेकपा एमाले बैतेश्वर गाँउपालिकाको दोस्रो अधिबेशन भोली हुने भएको छ । अधिवेशन पालिकाको वडा नं स्थित मैनापोखरी बजारमा हुने भएको छ । अधिवेशनको तयारी अन्तिममा पुगेको बैतेश्वर गाँउपालिकाका एमालेका इन्र्चाज माधब प्रसाद घिमिरेले बताउनु भयो । भोली अधिवेशनले एमालेको बैतेश्वर गाउँपालिकाको नयाँ कमिटी समेत चयन गर्ने उहाँले जानकारी दिनु भयो । एमालेले दोलखामा कालिञ्चोक गाउँपालिका , तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ । बैसाख मसान्त भित्र एमालेले दोलखाका ९ वटै पालिकामा अधिवेशन सक्ने जनाएको छ ।

Shares

Be the first to comment on "एमाले बैतेश्वर गाँउपालिकाको दोस्रो अधिबेशन भोली हुदै"

Leave a comment

Your email address will not be published.


*