कम्प्युटर तालिम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ४
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर – ४ मा दश दिने निशुल्क आधारभूत ÷ एडभान्स कम्प्युटर तालिम सुरु भएको छ । रष्ट्रिय युवा परिषदको साझेदारी तथा यूथ भिजन फर सस्टेनेबल डेभलपमेन्टको आयोजनामा सुरु भएको तालिमको मंगलबार औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले स्मार्ट शैलुङ बनाउने लक्ष्य पूरा गर्न तालिमले महत्वपूर्ण अर्थ राख्ने विश्वास गर्नुभयो । वडा नं. ४ का वडाध्यक्ष भरतप्रसाद ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दोलखाका सदस्य नेत्र मोक्तान तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोम मोक्तानको समेत उपस्थिति रहेको थियो । दश दिनसम्म सञ्चालन हुने कार्यक्रममा ५५ जना १६ बर्षदेखि ४० बर्ष उमेर समुहका युवाहरूलाई प्रशिक्षकहरु रविना खड्का र पार्वती बस्नेतले प्रशिक्षण गराउने यूथ भिजन फर सस्टेनेबल डेभलपमेन्टका अध्यक्ष रविन्द्र ढुंगेलले बताउनुभयो । प्रविधियुक्त आधुनिक शैलुङ बनाउन तालिमको महत्व र अपरिहार्यता रहेको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "कम्प्युटर तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*