चरिकाेटमा डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर ६
दोलखाको सदरमुकाम चरिकोटमा सोमबार ग्लोबल आइएमई बैंक लिमिटेड बागमती प्रदेशको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो वर्षहरुमा प्रविधिको विकाससँगै दिनप्रतिदिन सहज रुपमा डिजिटल बैंकिङ्ग माध्यमबाट सेवा लिने मानिसहरु बढिरहेको बेला जिल्लामा पनि यसबारे थप जानकारी दिन र यसको विस्तार गर्ने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । कार्यक्रममा बैँकका कर्मचारी, सेवाग्राही, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक र विद्यार्थी सहित दुई सय जनाको सहभागिता रहेको थियो । दुँनिया डिजिटल बनिसकेकोले अब परम्परागत कुरालाई विस्थापित गर्दै नयाँ–नयाँ प्रविधि अनुसार मानिसले समायोजित हुन पर्ने बताउँदै कार्यक्रममा ग्लोबल बैँकका डिजिटल डिपार्टमेन्टका सौरब रिजालले डिजिटल बैँकिङ सेवा अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसप्रकारको सेवाको महत्व र फाइदा सम्बन्धि उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले मोबाइल बैँकिङ, इन्टरनेट बैँकिङ, डेबिड, क्रेडिट कार्ड, क्वीउआर कोड पेमेन्ट, ट्राभल कार्ड, इकोम कार्ड, मिस्कल बैँकिङ, भाइभर बैँकिङ लगायतको उपयोगिताबारे जानकारी दिनुभयो । प्रविधिको अनुसरण र सदुपयोग गर्दै डिजिटल बैकिङ तिव्र रुपमा प्रयोग बढिरहेकोले यसको आवश्यकता र महत्वबारे जानकारी दिन देशव्यापी रुपमा कार्यक्रम चलाएको उहाँले बताउनुभयो । बैँकका कर्मचारी प्रवेश पाण्डेले कोरोना भाईरस फैलिरहेको बेला बैँकिङ सेवा घरमैँ बसेर मोबाइलबाटै लिने अध्याधिक रहेको र अहिलेपनि कोरोना भाइरस पूर्ण रुपमा न्यूनीकरण भईनसकेकोले यसको प्रयोग गरी सुरक्षित हुनुपर्ने बताउनुभयो । डिजिटल बैकिङबाट ग्राहकहरुले सजिलै घरबाटै घरबाट खाता खोल्न सकिने, आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्ने, रकम ट्रान्सर्फर, विद्युत, पानी लगायत सरकारी कार्यालयको बिल तिर्न सकिने सुनाउनुभयो ।

Shares

Be the first to comment on "चरिकाेटमा डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*