चरिकोटमा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट वैशाख ४
दोलखाको सदरमुकाम चरिकोटमा अन्तरपालीका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । आइतबार भएको फाइनल खेलमा बैतेश्वर गाउँपालिकालाई पराजित गरी कालिञ्चोक गाउँपालिकाले प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै उक्त पालिकाले ४० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कालिञ्चोकसँग हार व्योहोरेको बैतेश्वर गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझायो । उसले तीस हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा भीमेश्वर नगरपालिका ले तेर्सो स्थान हासिल गरी बिस हजार रुपैयाँ सहित मेडल ट्रफि र प्रमाणपत्र पुरस्कार जितेको छ । खेलमा ८ वटा नगर तथा गाउँपालिकाहरुल सहभागी भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठ लगाएतका अतिथिहरुले आईतवार आयोजित समापन कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्नुभएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न"

Leave a comment

Your email address will not be published.


*