चरिकोट खानेपानी तथा सरसफाइ संस्थाको एक ग्राहकको पुस महिनाको खानेपानीको विल ५ लाख ९८ हजार रुपैँया

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा /चरिकोटः चरीकोट खानेपानी तथा सरसफाइ संस्था चरीकोटको लापरबाहीले लाखौँ लाखको पानीको बिल आउँदा उपभोक्ताहरुको उठिबासको अवस्था आएको छ ।
भीमेश्वर नगरपालिका–६ की दुर्गा भुजेलको पुस महिनाको भनिएको प्रयोग नगरिएको पानीको पाँच लाख ९८ हजार २१० रुपियाँ बिल आएपछि उठिबास हुने डरले बेहोस हुनु भएको दुःखेसो पोख्नु भएको छ ।
पानी प्रयोग नै गरिएको छैन । मिटरबाट पानी चुहिरहन्छ । उहाँले रुन्चे स्वरमा भन्नुभयो, नपत्याउने गरी तेत्रो बिल आउँदा म त बेहोस भएछु । पछि होसमा आएर फेरि हेरेँ हरेको हेरै भएछु । श्रीमान र छोराछोरीलाई देखाएँ । सबै नर्मस भए । अझै होसमा छु जस्तो लाग्दैन ।
अरु महिनाको त थाहा छैन । उहाँले भन्नुभयो, मङसिर महिनाको पनि ५९ हजारको बिल आएको रहेछ । कार्यालयमा गएर भन्दा पहिला त कम्प्युटरले गल्ती गर्दैन भन्ने कुरा आयो । धेरै अनुनय विनय गर्दा बल्ल तपाईँको मिटर बिग्रेको परेछ । अर्को नयाँ मिटर जडान गरिदिन्छौँ । यो पैसा तिर्नु पर्दैन त भनियो तर विश्वास लागेको छैन । मसँग दुई लाखको घर छैन । पानीको बिल लाखौँ कसरी तिरौँ ?
कार्यालयले दिएकोृ आश्वासनले अझै चित्त बुझेको छैन । उहाँले भन्नुभयो, मलाई कसले न्याय देला । म गरिब सारै अन्यायमा परेँ । कहिले त आत्महत्या गरुँ कि जस्तो पनि लाग्न थालेको छ । संस्थाले आत्महत्या गर्न ठाडै दुरुत्साहन गरेको छ । धेरैको यो हाल हुने मैले देखेकी छु ।

Shares

Be the first to comment on "चरिकोट खानेपानी तथा सरसफाइ संस्थाको एक ग्राहकको पुस महिनाको खानेपानीको विल ५ लाख ९८ हजार रुपैँया"

Leave a comment

Your email address will not be published.


*