चीनमा कोरोना संक्रमित शून्य !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

हङकङ । जुलाइपछि पहिलोपटक चीनमा कोभिडका स्थानीय नयाँ संक्रमित फेला परेका छैनन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोग, एनएचसीका अनुसार यसले देशको शून्य कोभिड नीतिलाई सफल तुल्याएको छ ।  चीनमा गत जुलाईदेखि नै अति संक्रमक मानिएको डेल्टा भेरियेन्ट फैलिरहेको थियो । विमानस्थलका स्टाफमा कोभिड देखापरेपछि जताजतै भाइरस फैलँदा सरकारले यसलाई नियन्त्रण गर्न संघर्ष गर्नु परिरहेको थियो जसलाई २०२० पछिकै सबैभन्दा खराब संक्रमण बताइएको थियो । यसमा भाइरस चीनका ३१ वटा प्रान्तमा फैलदै १२०० भन्दा धेरैलाई संक्रमित गराएको थियो । यो चीनको भाइरस सम्बन्धी ‘शून्य सहनसीलता नीति’ का लागि ठूलो चुनौति बनेको थियो ।  यसको प्रतिक्रियामा स्थानीय निकायहरुले लाखौँ नागरिकलाई कडा लकडाउनमा राखेका हुन् भने ठूलो स्तरमा परक्षिण सुरु गरिएको थियो र ट्रेसिङका अभियान पनि अघि बढाइएको हो भने स्थानीय हवाइ यात्रामा पनि कडाइ अपनाइएको थियो सरकारको यस किसिमको नीति भाइरस नियन्त्रण गर्नमा सफल पनि साबित भइरहेको पाइयो । किनकी दैनिक संक्रमणको दर पछिल्ला केही हप्तामा सिङ्गो अंकमा झरेको छ जुन दुई हप्ता अघिसम्म १०० पुगेको थियो ।

त्यस्तै सोमबार त्यहाँ २१ नयाँ संक्रमित देश बाहिरबाट भित्रिएका थिए र स्थानीय रुपमा फैलने लक्षणयुक्त संक्रमितको सङ्ख्या शून्य भएको छ । जुलाई १६ पछि पहिलोपटक संक्रमितको सङ्ख्या यसरी शून्यमा झरेको हो ।

त्यसैले यही ट्रेन्ड जारी रहने हो भने डेल्टा भेरियेन्ट पूर्ण नियन्त्रण गर्न सफल चीन पहिलो मुलुक बन्नेछ ।

चीन सहित सिंगापुर, अष्ट्रेलिया र न्युजिल्यान्ड पनि काभिडलाई आफ्नो सिमा बाहिर राख्न सफल रहँदै आएका छन् । उनीहरुले अधिकांश अवस्थामा विदेशीहरुका लागि आफ्नो सिमाना बन्दै राखेका छन् र भित्रिनेहरुमा पनि अत्यन्तै कडा क्वारेन्टिन लागू गरेका छन् । त्यस्तै देश भित्र पनि परीक्षणको प्रक्रिया आक्रामक रुपमा लागू गराइरहेका छन् भने लक्षित रुपमा लकडाउन पनि जारी गरिरहेका छन् । यस्तोमा एक वर्ष भन्दा लामो समयसम्म उनीहरु भाइरसलाई रोक्न सफल भएका हुन् । तर नयाँ डेल्टा भेरियेन्ट फैलन सुरु भएसँगै उनीहरु सबैले आफूले अपनाउँदै आएका नीतिबारे पुनःविचार गर्नुपर्ने अवस्था आयो ।

जस्तै अष्ट्रेलियामा प्रमुख शहरहरु सिड्नी, मेल्बर्न र राजधानी क्यानबेरा समेतमा हप्तौँ लकडाउन जारी गराइरहँदा पनि संक्रमण बढ्ने क्रम रोकिएन । शनिबार मात्र त्यहाँ महामारी सुरु भएदेखिकै उच्च सङ्ख्यामा नयाँ संक्रमितहरु थपिएका थिए । यता हजारौँ मानिसहरु लम्बिदै गएको लकडाउनको विरोध गर्न सडकमा उत्रिरहेका छन् ।

अष्ट्रेलियन मिडियामा प्रकाशित एक लेखका अनुसार प्रधानमन्त्री स्कट मरिसनले अहिलेका लागि लकडाउन आवश्यक भएको तर अब लामो समयसम्म यसलाई जारी राख्न जरुरी नपर्ने बताएका छन् । उता सिंगापुरमा पनि कोभिड–१९ सँगसँगै जीवनयापन गर्नुलाई ‘न्यु नर्मल’ का रुपमा अपनाइने भनिएको छ ।

तर चीनले चाहिँ आफ्नो पुरानो नीति यथावतै राखिरहेको छ । राष्ट्रिय प्रशारक सिसिटीभीले सोमबार चेतावनी दिँदै महामारी अन्त्य नभइसककोले मानिसहरुलाई लापरबाही नगर्न चेतावनी भनेको छ । त्यस्तै चीनले खोप अभियानलाई पनि तिव्र रुपमा निरन्तरता दिइरहेको छ ।  सीएनएन

Shares

Be the first to comment on "चीनमा कोरोना संक्रमित शून्य !"

Leave a comment

Your email address will not be published.


*