चेतनसिल साकोसमा नयाँ कार्य समिति चयन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नाम्दु (दीस) –दोलखाको बैतेश्वर गाँउपालिका ६ मा रहेको चेतनसिल साकोसमा नयाँ कार्य समिति चयन भएको छ । आइतबार भएको २७ औँ बार्षिक साधारणबाट अध्यक्षमा पुन्यप्रसाद घिमिरे चयन हुनु भएको छ । कार्यसमितिको उपाध्यक्षमा भरत उप्रेती र उपाध्यक्षमा गोमा दाहाल सचिबमा धुव्र आचार्य , कोषाध्यक्षमा बलराम घिमिरे चयन हुनु भएको हो । त्यसैगरी सदस्यमा केदारनाथ घिमिरे ,गोपाल उप्रेती ,जिबनाथ घिमिरे, लक्ष्मी चौलागाईं ,पहल बहादुर खत्री , होम बहादुर दमै ,मरिचमान दमाई चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ। साकोसको लेखा संयोजकमा रामशरण घिमिरे र सदस्यमा राम्जी प्रसाद घिमिरे र कुल प्रसाद गुरागाई चयन हुनु भएको छ । साधारण सभामा गाउँपालिकाका उपाध्यक्ष कल्पना उपे्रती , एमालेका बैतेश्वर गाउँपालिकामा अध्यक्ष माधब प्रसाद घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "चेतनसिल साकोसमा नयाँ कार्य समिति चयन"

Leave a comment

Your email address will not be published.


*